• 4 years ago
#Nadukhunmanhau #tejgiri #parichhedsen #urmilarijar, #lockdown, #corona #नदुखुन मनहरु
PARICHHED SEN present’s NDUKUN MNAHARU, a program run by TEJ GIRI

निर्दयी बाबु -आमाले ४ बच्चा जन्मेपछि ती बच्चालाई अलपत्र छोडेर बाबु अर्कै श्रीमती र आमा अर्कै श्रीमानसंग भागेपछी लेबर काम गर्दै १३,११ र ८ बर्षको भाईबहिनीको लालनपालनको जिम्मेवारी सम्हालेलेकी १८ बर्षकि उर्मिला रिजालको वास्तविक संघर्षको कथा, आमाले मार्नलाई पोखरीमा फालेकी उर्मिलाको कथा।

उर्मिलाको संघर्षको कथा हेरेर धेरै सहयोगी मनहरुले सहयोग गर्न खोजिरहनु भएको र उर्मिलाको सम्पर्क ठेगाना मागिरहनु भएको छ । हामीलाई पनी जती सक्दो धेरैलाई सहयोगीहरुलाई उनीकहा पुर्याउन मन थियो । तर उर्मिलाको सहयोगको लागी धेरै भन्दा धेरै महानुभाबहरुको जमघट हुनसक्ने सम्भावना भएको र कोरोना भईरसको संक्रमणको जोखिमले गर्दा यो सक्रमण रहुन्जेल उनीहरुको सम्पर्क र ठेगाना सार्बजनिक नगर्न अनुरोध आएको छ । उनको सम्पर्क ठेगाना सार्बजनिक नगर्ने निर्णय हाम्रो आफ्नो निर्णय होइन , स्वयं निर्मला र उनि बस्दै आएको घरबेटी र छरछिमेकीको आग्रह हो।

अहिले केहि महिनालाई उनीहरुलाई खान र बस्न लगभग पुग्ने सहयोग आईसकेको छ । यदि हजुरहरु पनी उनीहरुलाई दिर्घकालीन सहयोग गर्न चाहानु हुन्छ भने यो कोरोना संक्रमण पछी भेटेर सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्द छौँ।

यस पटक उर्मिला र उनको भाइ-बहिनीहरुको अनुहारमा खुसि थप्न महालक्ष्मी बिकास बैंक का कर्मचारी दिपकराज भण्डारी र गरिमा बिकास बैंकका कर्मचारी सरस्वती भट्टाराई ज्युले सहयोग गर्नु भएको छ। नदुखुन मनहरु - हामी श्री दिपकराज भण्डारी र सरस्वती भट्टाराई ज्युको शु-स्वास्थ्य लाभको कामना गर्दछौ साथ-साथै उहाँको उत्तरोत्तर प्रगतीको पनि कामना गर्दछौ ।

नमस्ते यहाँहरुलाई हाम्रो च्यानलमा स्वागत छ । यो हाम्रो “नदुखुन मनहरु “को चौथो शृंखला हो । अहिले देश पुरा लकडाउन छ । हजुर जस्तै हामि पनि घर भित्रै बस्न बाध्य छौ र सहयोगको कार्यक्रमलाई प्रभाबकारी रुपमा अगाडी बढाउन पाएका छैनौ । बल्ल बल्ल हामिले श्री गणेश श्रेष्ठ ज्युको सहयोगमा उर्मिलाको परिवारलाई सहयोग गर्ने अवसर पाएका छौ। हामी श्री गणेश श्रेष्ठ प्रति आभार प्रकट गर्दछौ।

हामीले दुखका कथाहरु धेरै लेख्यौ,धेरै पढ्यौ ,धेरै हेर्यौ र धेरै देखायौ । अब पढेर ,लेखेर , दुख देखाएर मात्र हुदैन । दुख, समस्या समाधनका निम्ति आफुले सकेको कोसिस पनि गर्नु पर्छ । हामीले “नदुखुन मनहरु” मार्फत आफुले सकेको प्रयास गरेका छौ र एक दिन , एकछिन भए पनि केहि अनुहारमा खुसि ल्याउने प्रयास गरेका छौ।

Some Life of NEPALESE from the Nepal,

Concept / Director / Camera / Editor : Parichhed Sen
Presenter : Tej Giri https://www.facebook.com/tej.giri.77
Music : Kiran Bhusal https://www.facebook.com/kiran.bhusal...

Recommended